खुशी

छोटो छ जिन्दगी
हातमा समाउन नपाउँदै फुत्कन्छ यो सास |
कसैको गुनासोमा होइन,
हाँसोको धुनमै त छ जीवनको रस।

जो अनुहार अब नजिकनै छैन,
उसको आवाजमै उज्यालो गाढ्नु पर्छ।
टाढाबाट आएको एउटै शब्दले
मनको ढुंगासम्म न्यानो पार्नु पर्छ।

हरेक रात पछि बिहान आउछ,
हरेक पीडाको एक बिराम हुन्छ,
मुस्कुराउन सिक्नु जरुरि छ
परिवर्तन नै जिन्दगीको नाम हुन्छ।

कोइ रिसाएछ तिमीसँग
नमान है मनमा पीडाको भार,
रिस पनि त हो,
मायाको नै आकार ।

जसरी बादल मडारिन्छ आकाशमा,
वर्षापछि झन् चम्किलो हुन्छ बिहान।
त्यस्तै, रिस पछि आउने शान्तिमा,
सम्बन्धको हुन्छ फेरि नौलो निर्माण।

किन गर्ने चिन्ता भोलिको दिनको,
कसले देख्यो र यहाँ, आउने समय?
जे छ, यही पल छ, यही नै हो सत्य,
त्यसैले, खुशी हुन सिक्नु पर्छ हरेक समय!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top