बर्षौ भैसके छ है “हजुरआमा” हजुर संग भेट नभएको।
भेट्न मन नै नलागेको त होइन तर जिन्दगीको भाग दौडले र अलिकति समयको मेसोले रोक्यो, छेक्यो।
केहि त अबस्य थियो होला हजुरलाई भन्नु , सुनाउनु।
खै कहाँ बाट सुरु गरौँ?
सम्झना पनि हराउदो रहेछ हजुरआमा ! हजुर संग छुटेपछि यहाँ धेरै कुरा छुटेका छन्।
गाउँ छुट्यो, आगन छुट्यो , आरुका दाना छुटे , पोर्सी डोका छुटे , हामि बस्ने सानो छानो छुट्यो, आफन्त छुटे, रसिला सुन्तला छुटे , अरु त अरु हजुरका रेडियोका समाचार छुटे। काली गाइको खिर छुट्यो, हजुरका कोमल हातका स्पर्स छुटे, हजुरबा स्याउला गर्ने जाने बन छुट्यो, त्यो ढुङ्गि पर्खाल अनि काठ र झाडीको बाड छुट्यो। गाजोका बिटा छुटे , अनि छुटे हजुरका दुखहरु ।
छुटेका यी मेरा पाइलाहरु खै कहाँ पुगे पुगे। खुशी अनि आनन्द खोज्दै हिनेको थियँ ,खै कहिले भेटिन्छ थाहा नै भएन। हजुरको काखमा म सुत्दा मेरा कपाल चलाउने बेला जत्तिको आनन्द र खुशि सायद कहिँ पनि भेटाउदीन होला। यो २ महिनामा हजुर संग भेट भएको सपना ५ पटक देखि सके। भेट त् कहिले हुनेहो थाहानै छैन। तर सपनीमै भएपनि खुब खुशी लग्यो हजुरआमा।
हजुरको हातमा फोन छैन, बोल्न मन लागेको बेला कुरानै गर्न नै पाइदैन। नाती बिर्स्यो मलाई भनि नसोच्नु होला, कहाँ बिर्सन सक्छु र तपाइका चाउरि परेका गालाहरु, मुसा जस्ता स-साना दाँतहरु, नाकको मुनडी, टाउकाको त्यो मनेठो अनि मुटु भरिको माया। अनि बुढी-माउले तमाखु खान त छोड्नु भाको छैन होला। अ साचि ! हजुरको जस्तै नाक बाट धुवा फाल्न मैले पनि सिकी सकेछु। नाति बडा भेट भएपछि हजुरकै सुल्पामा तमाखु भरि खानु पर््छ । तर कसैलाई नभन्नु होला फेरी।
जिन्दगिको भाग दौडमा मैले धेरै कुरा बिर्सेछु हजुरआमा। म फ़ेरिएछु। कहाँ कहाँ पुगेछु कस्तो न कस्तो भएछु।
तल खेतिको ठुलो ढुङ्गा उस्तै छ होला , कि बुढो भयो ? माइला बुवाको पानि घट्ट पनि चलेकै छ होला। बा जत्तिको दुख हजुरका कसै नाति-नातिनीहरुले गर्न सकेनम तेइ भएर हजुर सित छुट्टिनु परको हो ।
खै मैले लेखेका कुरा हजुर सम्म पुग्छन पुग्दैनन थाहा छैन। तर हजुरको माया म सामु सधै पुगेको हुन्छ। समयको मेसो मिल्यो भने अबस्य चाडै मायाको पोको बाँधेर भेट्न आउनेछु। केहि समय भए पनि खुशी फर्काउने छु। नातिको झर्को नमानी बस्नु होला।
एक्लो ज्यानको ख्याल राख्नु होला।


