लथालिङ्ग जीवन

रुझेका आँखा, फाटेको मन
जलिरहेको सम्बन्ध
रागको रापले तन बदन
घायल छ मुटु
आँधि-तुफान छ मन-मौसम |

हारेको जिन्दगी, दु:खी जीवन
अबुझ छे प्रेमिका
स्वार्थी छ मित्रतापन
रित्ता छन् गोजी
आकासको फल झैँ भो धन |

हत्यारा ऋतुहरु, निष्ठुर मौसम
घायल छन् विश्वासहरु
विवश छन् बा- आमा
एक्लो एक्लो छ मन
सफलताको मंजिल छ भ्रम |

टुटा-फुटा निन्द्रा, आधा-अधुरा सपना
धारिला आफन्त
थकित छन् पाउहरु
असफल छन् हर कदम
अर्थहिन छन् सास र श्रम |

रुझेका छन् आँखा, टुटेको छ मन
जलिरहेको छ सम्बन्ध
राग–राग छन् तन–बदन।
ठोक्कर खाएर, च्यातिँदै,
यस्तै बगिरहेको
लथालिङ्ग जीवन।

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top